जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ । केन्द्रीय कार्यालय ग्वार्कोमा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएको हो ।
बैठकको एजेन्डा पार्टी एकता, निर्वाचन आयोगमा दल दर्ता लगायत समसामयिक विषय रहेका छन् ।
जसपाले पार्टी एकताबारे वार्ता गर्नको लागि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा कार्यदल समेत बनाएको छ ।
सो कार्यदलले नेकपासँग शनिबार छलफल गरेको थियो । सो वार्ता सकारात्मक भएपछि आज अध्यक्ष राईले थप निर्णय गर्न कार्यकारिणी समिति बैठक राख्न लागेका हुन् ।
जसपा नेपाल विभाजनपछि राईको अध्यक्षतामा जसपा गठन विरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा अहिले विचाराधीन अवस्थामा रहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२ १३:०९
प्रतिक्रिया दिनुहोस्

