सोमबार बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार सोमबार सुन प्रतितोला दुई लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रूपैयाँले बढेको हो । आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले बढेको छ ।
सोमबार चाँदी प्रतितोला तीन हजार एक सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२ ११:४८
प्रतिक्रिया दिनुहोस्

