NRN
शुक्रबार सामान्य घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा शुक्रबार सुन–चाँदीको मूल्य सामान्य रुपमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भएको छ । 

यो मूल्य अघिल्लो कारोबार दिन भन्दा यसदिन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो । बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।  

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

त्यस्तै, बिहीबार प्रतितोला तीन हजार तीन सय ४५ रूपैयाँमा कारोबार चाँदी शुक्रबार तीन हजार दुई सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ६० रूपैयाँले घटेको छ ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update