जसपा नेपालले थप्यो पाँच जना केन्द्रीय सदस्य
जनता समाजवादी पार्टी नेपालले पाँच जना केन्द्रीय सदस्य थपेको छ । पार्टी प्रवेश गरेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।
सिराहाका सत्यनारायण यादव, बाँकेका पदम अर्याल, बाँकेकै रेखा गुप्ता, रुपन्देहीकी विद्या यादव र धनुषाका विमल साह केन्द्रीय सदस्य मनोनीत भएका हुन् ।
त्यसैगरी, पार्टीले सल्लाहकार समितिका अध्यक्षमा प्राडा रामस्वारथ यादवलाई मनोनीत गरेको छ ।
सल्लाहकार समिति सदस्यहरुमा खडकनारायण चौधरी, विष्णु कुमाल, अजयकुमार श्रीवास्तव, शशी यादव, जीतेन्द्र प्रकाश महतो र मनोज साह मनोनीत भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२ ११:३३
प्रतिक्रिया दिनुहोस्

