जनकपुरमा सात दलको शान्तिपूर्ण धर्ना
मधेश प्रदेशका सात दलले बुधबार पनि प्रदर्शन जारी राखेका छन् ।
सोमबारबाट आन्दोलनरत रहेका प्रदेशका सात दलले आज पनि धर्ना, विरोध, नाराबाजी शुरु गरेको हो ।
मधेश भवनको मुख्यमन्त्री कार्यालय अगाडि गेटमा र पारिपट्टि रहेको मिल्स एरियामा प्रदर्शन शुरु भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सोमबार मधेश प्रदेशमा नेकपा एमालेका सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि सात दलले शुरुमा प्रदेश प्रमुख, त्यसपछि मुख्यमन्त्री र मधेश प्रदेश सभाका सभामुखविरुद्ध आन्दोलन जारी राखेका छन् ।
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव आज बिहानै काठमाडौं प्रस्थान गरेका छन् । यादवले राति मधेस भवन पुगेर पदभार ग्रहण गरेका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२ ११:३७
प्रतिक्रिया दिनुहोस्

