बुधबार प्रतितोला २१ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
लगातार बढिरहेको सुनको मूल्य यसदिन प्रतितोला २१ सय रुपैयाँ घटेको हो ।
बुधबार सुन प्रतितोला दुई लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार एक सय आठ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
त्यस्तै, स्थानीय बजारमा बुधबार चाँदीको मूल्य भने बढेको छ ।
अघिल्लो दिनको तुलनामा बुधबार चाँदी प्रतितोला पाँच रूपैयाँले मूल्य बढेर तीन हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेको हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२ ११:२१
प्रतिक्रिया दिनुहोस्

