NRN
बढ्यो मंगलबार सेयर बजार, तीन अर्ब ६२ करोड ६१ लाख रूपैयाँको कारोबार

मंगलबार सेयर बजार परिसूचक नेप्से  बढेको छ । नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५ विन्दुमा पुगेको हो । 

नेप्से कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । यसदिन तीन अर्ब ६२ करोड ६१ लाख रूपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन सोमबार नेप्से परिसूचक घट्दा पनि चार अर्ब ९० करोड रूपैयाँको कारोबार भएको थियो । यसदिन १४२ कम्पनीको मूल्य बढ्दा १०२ को घट्यो भने १० को स्थिर रह्यो । 

बैंकिङ ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० तथा व्यापार ०.६९ प्रतिशत बढेको छ ।

अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०.२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ तथा विकास बैंक ०.४७ प्रतिशत घटेको छ ।

चार कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सबै हालै सूचीकृत भएका कम्पनी छन् । बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो ।

त्यस्तै दरामखोला हाइड्रोपावरको ६.८८, इस्टर्न हाइड्रोपावरको ६.२९ तथा स्वस्तिक लघुवित्तको ४ प्रतिशत मूल्य बढ्यो । सिटी होटलको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावर छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update