NRN
विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । 

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिवेदनमा समितिले वर्षभरी समसामयिक विषयमा गरेका निर्णयहरु उल्लेख गरिएको छ ।

सभापति तुलसाकुमारी दाहाल अनुसार समितिले प्रदेश तथा स्थानीय तहसँगको छलफल तथा अध्ययनका लागि सुदूरपश्चिम जाने निर्णय गरेको पनि बताइन् ।

उनका अनुसार अध्ययनका लागि सुदूरपश्चिम जानको लागि मिति तोक्न बुधवार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने छ ।

जेनजी विद्रोहपछि पहिलो पटक संसदीय समिति छलफल तथा अनुगमनका लागि उपत्यका बाहिर जान लागेको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update