NRN
विप्लव, शर्मा र भुसालबीच बृहत् वामपन्थी अभियानका लागि सहकार्य गर्ने सहमति

नेकपामा महासचिव नेक्रविक्रम चन्द्र विप्लव, जनार्दन शर्मा र घनश्याम भुसालबीच सहकार्य गर्ने सहमति भएको छ । 

शुक्रबार बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासमा तीन नेताबीच भएको छलफलमा बृहत् वामपन्थी अभियानका लागि सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको हो । 

छलफलमा राजनीतिक अन्योलको समयमा समाजवादी कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर सामना गर्नुपर्नेमा तीनै नेताको जोड रहेको बताइएको छ ।

तीन नेताबीच सहमति भएपछि आजै संयुक्त विज्ञप्ति निकाले तयारी रहेको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका १० वामपन्थी घटकबीच कात्तिक १९ गते भएको एकता प्रक्रियाप्रति शर्मा, भुसाल र विप्लव असन्तुष्ट छन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update