NRN
शुक्रबार बढ्यो सुँन–चाँदीको मूल्य, तोलाको कति ?

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ३८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रूपैयाँले बढेको छ । 

बिहीबार सुन प्रतितोला दुई लाख ३७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ । बिहीबार तीन हजार १० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार २० पुगेको हो । 

अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस तीन हजार ९ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update