NRN
गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता: आन्दोलनमा जलेको घरको निरीक्षण

गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार काठमाडौँको चपलीस्थित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासको निरीक्षण गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको भण्डारीको घरको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले क्षतिको विवरण लिएका थिए ।

बिहीबार बिहान भंगालस्थित तोडफोड र आगजनी भएको भण्डारीको निवासमा पुगेर निरीक्षणका साथै भेटवार्ता गरेका हुन् ।

छलफलका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका बारेमा गृहमन्त्रीसँग चासो व्यक्त गरेकी थिइन् ।

यसअघि गृहमन्त्री अर्यालले काठमाडौँको बोहोराटारस्थित वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको घरको पनि निरीक्षण गरेका थिए भने पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update