NRN
धवलशम्शेरले बोलाए राप्रपाको असन्तुष्ट पक्षको बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशम्शेर राणाले आफ्नो पक्षको बैठक बोलाएका छन् । राणाले अपराह्न साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बस्ने गरी बैठक बोलाएका हुन् ।

आसन्न केन्द्रीय समिति बैठकमा समूहको धारणा तय गर्नका लागि बैठक बोलाइएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कात्तिक २७ र २८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update