मंगलबार प्रतितोला १४ सय रुपैयाँ घट्यो सुन मूल्य, तोलाको कति ?
नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १४ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै, अघिल्लो दिन ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३०१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२ ११:३३
प्रतिक्रिया दिनुहोस्


