आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दै
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ ।
बैठक आज दिउँसो १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानमा बस्ने गरि बैठक तय भएको हो । नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दलबीच पार्टी एकताका लागि आइतबार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
उनीहरूले चुनाव चिह्न पाँच कुने तारा तोकेका छन् । एकतापछि बन्ने दलको नाम भने निर्णय भइसकेको छैन ।
पार्टीको सिद्धान्त माक्र्सवाद लेलिनवाद हुने उल्लेख छ । त्यस्तै आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने सहमति पत्रमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२ ११:१७
प्रतिक्रिया दिनुहोस्


