NRN
नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२ विन्दुमा

सोमबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२ विन्दुमा आइपुगेको हो । 

यसदिन कारोबार रकम पनि घटेको छ । आइतबार नौ अर्ब २० करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब पाँच करोड रूपैयाँको कारोबार भएको छ । 

यसदिन तीन सय ३३ लगानी उपकरण कारोबारमा आउँदा एक सय २१ वटाको मूल्य बढेको छ । एक सय ९० वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ । 

कारोबारमा आएकामध्ये जीवन बीमा र जलविद्युत् समूह सबैभन्दा धेरैले घटेका छन् । 

यसदिन विकास बैंक, होटल, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र व्यापारमूलक समूहगत परिसूचकमा झिनो सुधार आएको छ । 

 

यसदिन दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरैले बढेको हो । 

 

इष्टर्न हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ । यसदिन शिवम सिमेन्टको सेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update