राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार बस्दैछ ।
नवदुर्गा पार्टी प्यालेस सुकेधारामा केहीबेरपछि बैठक सुरु हुनेछ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र भावी कार्यदिशाबारे अध्यक्ष कमल थापाले धारणा राख्नेछन् ।
पछिल्लो समय मुकुकमा भइरहेको राजनीतिक ध्रुवीकरणबारे पनि बैठकमा विश्लेषण हुने तथा राष्ट्रवादी, राजावादी, हिन्दुवादी, भ्रष्टाचार तथा संघीयताविरोधी पक्षबीच एकता र मोर्चाबन्दीको सम्बन्धमा आवश्यक छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
निर्वाचन प्रयोजनका निम्ति निर्वाचन आयोगमा दल दर्ता र निर्वाचन तयारीलगायतका विषयमा पनि छलफल हुने उनले बताए ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२ १३:१०
प्रतिक्रिया दिनुहोस्


