NRN
सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको कति ?

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार आइतबार प्रतितोला दुई लाख ३९ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस चार हजार ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेको छ ।

आइतबार तीन हजार ५५ रूपैयाँ कारोबार भएको चाँदी सोमबार तीन हजार ६० रूपैयाँ पुगेको हो । 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update