NRN
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्तान

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्तान गरेका छन् ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल दोहा प्रस्थान गरेका हुन् ।

राष्ट्रपति पौडेललाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरू पुगेका थिए ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेललाई सलामी पनि अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेल कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन् ।

उनले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।

राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update