हर्क साम्पाङको श्रम संस्कृति पार्टीले पायो आयोगबाट मान्यता
निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ ।
साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ लाई आज निर्वाचन आयोगले दल दर्ताको मान्यतासहित प्रमाणपत्र उपलब्ध गराएको हो ।
पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न साम्पाङ आफै निर्वाचन आयोगमा उपस्थित भएका थिए ।
गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए ।उनको पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ रहेको छ ।
पार्टीको अध्यक्षमा हर्क साम्पाङ, उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्तामा अरुण गुरुङ रहेका छन् । पार्टीमा २८ जना केन्द्रीय सदस्य छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२ १५:१३
प्रतिक्रिया दिनुहोस्


