NRN
फेरि स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित गरिएको हो ।

अब कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नेछ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज धोविघाटमा पदाधिकारी बैठक राखेका थिए ।

उक्त बैठकमा पनि महाधिवेशन कार्यतालिकाबारे सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक नै स्थगित गरिएको हो ।

महाधिवेशन कार्यतालिकाबारे शनिबार पदाधिकारी बैठकमा छलफल भए पनि सहमति जुट्न सकेको थिएन ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update