आइतबार सुनको मूल्य सामान्य वृद्धि, चाँदी कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको हो ।
यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार रु ५ घटेर ३ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२ ११:४४
प्रतिक्रिया दिनुहोस्


