NRN
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक महाधिवेशनको मितिबारे महामन्त्रीद्वय पक्षधर र संस्थापन पक्षधरबीच सहमति हुन नसक्दा शुक्रबारका लागि तय भएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको हो ।

अब आइतबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नेछ ।

कांग्रेसमा संस्थापन पक्ष चुनावपश्चात् १५ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने पक्षमा छ । तर, महामन्त्रीद्वयसहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने अडानमा छन् । यो विषयमा कांग्रेस दुई धारमा बाँडिएको छ । 

कार्यतालिका ल्याउने विषयमा आज बिहान नेता डा. शेखर कोइरालासँग पनि महामन्त्रीद्वयले संवाद गरेका थिए । १६ पुसमा केन्द्रीय महाधिवेशन नियमित गर्ने गरी कार्यतालिका ल्याउन सकिने र दबाब दिने निर्णय भएको थियो । त्यसपश्चात् महामन्त्रीद्वय र कार्यवाहक सभापति छलफलमा बसेका थिए । छलफल सहमतिमा नपुग्दा केन्द्रीय समिति बैठक स्थगन गरिएको हो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update