NRN
शुक्रबार प्रतितोला दुई हजार सात सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

लगातर घट्दो क्रममा रहेको सुनको मूल्य शुक्रबार बढेको छ ।

शुक्रबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला दुई हजार सात सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार तोलाको दुई हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ८० रूपैयाँले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update