बिहीबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य
लगातर घट्दो क्रममा रहेको सुनको मूल्य बिहीबार स्थिर भएको छ ।
बुधबार नेपाली बजारमा प्रतितोला दुई लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ५३ डलरमा कारोबार भइरहेको छ ।
त्यस्तै, बिहीबार चाँदी प्रतितोला १५ रूपैयाँले बढेर दुई हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी दुई हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२ ११:३१
प्रतिक्रिया दिनुहोस्


