NRN
सरकार, दल र जेनजीको त्रिपक्षीय बैठक बस्दै

सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी अगुवाहरुबीच त्रिपक्षीय बैठक बस्दैछ ।

प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् ।

अपराह्न ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा छलफल सुरु हुनेछ ।

बैठकमा निर्वाचनको वातावरण तयार पार्नका लागि सबै पक्षले आ-आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिकाका बारेमा छलफल हुनेछ । बैठकमा राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरू सहभागी हुनेछन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update