प्रतितोला सात सय रूपैयाँले घट्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार ?
लगातर घट्दो क्रममा रहेको सुनको मूल्य बुधबार थप घटेको छ ।
बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला सात सय रूपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला दुई लाख ३७ हजार रूपैयाँमा किनबेच भएकाे सुन बुधबार दुई लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बुधबार चाँदी पनि तोलामा ४५ रूपैयाँले बढेर दुई हजार नौ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी दुई हजार नौ सय २० रूपैयाँमा कारोबार भएकाे थियो ।
अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ५८ डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२ ११:३३
प्रतिक्रिया दिनुहोस्


