NRN
‘विप्लव’ नेतृत्वको दल दर्ताका लागि निर्वाचन आयोगमा जाँदै

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दल दर्ताका लागि निर्वाचन आयोगमा जाने भएको छ ।

दल दर्ताका लागि पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा पौने १ बजे दल दर्ताका लागि आयोगमा जाँदैछन् । 

नेकपाले पार्टी दर्ता गर्न स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । सदस्यमा चिरञ्जीवी ढकाल र कपिल पोखरेल रहेका छन् । २०८४ को निर्वाचनमा भाग लिने गरी दल दर्ता गर्ने तयारी भइरहेको छ  ।

नेकपा नाममा यस अघि नै निर्वाचन आयोगमा दल दर्ता भइसकेकाले पार्टीको नाम समेत परिवर्तन गर्ने गरी पार्टी दर्ताको तयारी छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update