मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
लगातर घट्दो क्रममा रहेको सुनको मूल्य मंगलबार थप घटेको छ ।
मंगलबार सुन प्रतितोला दुई हजार नौ सय रूपैयाँले घटेको हो ।
मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला दुई लाख ३९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको थियो ।
त्यस्तै, मंगलबार चाँदी पनि तोलामा ६० रूपैयाँले घटेर दुई हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२ ११:४२
प्रतिक्रिया दिनुहोस्


