NRN
११ औं महाधिवेशन तयारीका लागि एमालेले बोलायो सचिवालय बैठक

नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।

कात्तिक १५ गते पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो ।बैठकले ११ औं महाधिवेशनको कार्यतालिका तय गर्नेछ ।

बैठकले महाधिवेशन प्रतिनिधि छनौट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्नेछ ।

एमालेले पोखरामा मंसिर २७, २८, २९ गते ११ औं महाधिवेशन गर्दैछ । एमालेको ११ औं महाधिवेशनमा करिब २१ सय प्रतिनिधि रहनेछन् ।

अहिले एमालेका ६ लाख ६३ हजार पार्टी सदस्य पुगेका छन् । दसौं महाधिवेशनमा साढे पाँच लाख हाराहारी पार्टी सदस्य थिए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update