सोमबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सोमबार नेपाली बजारमा सुनको मूल्य थप घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य प्रतितोला २ हजार रुपैयाँ घटेको हो ।
आइतबार प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ९८० रुपैयाँ कायम भएको हो ।
अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेकाले सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि घटेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२ ११:३०
प्रतिक्रिया दिनुहोस्


