NRN
मोहन वैद्यले दिए राजीनामा, महासचिवको जिम्मेवारी गजुरेललाई

पार्टी गठन गरेदेखि जिम्मेवारीमा रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्य किरणले पदबाट राजीनामा दिएका छन् ।

स्वास्थ्यका कारण विगत १० महिनादेखि राजनीतिक गतिविधिहरूमा सक्रिय हुन नसकेका महासचिव वैद्यले शनिबारदेखि नेतृत्व छाडेका हुन् ।

उमेरले ८० वर्ष पुगेका उनी केही वर्षदेखि अस्वस्थ छन् । केही समयअघि आमा बितेर दाङमा पुगे पनि उनी बिरामी भएका कारण तत्काल काठमाडौं फर्केका थिए ।

महासचिवबाट राजीनामा दिएपछि उनले नेता सीपी गजुरेलाई महासचिवको जिम्मेवारी दिएका छन् । वैद्यले स्वैच्छिक राजीनामा हुन् । उनी अब पार्टीको सल्लाहकार रहनेछन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update