मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए पद तथा गोपनीयताको शपथ

मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा जितेन्द्र सोनार ‘सोनल’ ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार मुख्यमन्त्री सोनलले शपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा शपथ लिएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी -लोसपा_ नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनीसँगै गणेश पटेल र महेश यादवले विना विभागीय मन्त्रीको शपथ लिएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२ १३:२४
प्रतिक्रिया दिनुहोस्