पूर्वमन्त्री गणेश साहले लिए राजनीतिबाट अवकाश

नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले पार्टी छाडेको घोषणा गरेका छन् ।
हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा बोल्दै साहले आफू ७५ वर्ष पुगिसकेको र जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ख्याल गर्दै ‘राजनीतिबाट अवकाश’ लिएको घोषणा गरेका हुन् ।
उनी पूर्व विज्ञान तथा प्रविधिमन्त्री पनि हुन् । एकता प्रक्रियाबाट माओवादी केन्द्रमा आएका साह पार्टीको विघटित केन्द्रीय समितिमा सचिव थिए ।
माओवादीको केन्द्रीय समिति भंग भई महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ ।
साहले कुनै पनि पार्टीको संगठित सदस्य नरहने गरी राजनीतिबाट अवकाश लिएको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२ १२:१६
प्रतिक्रिया दिनुहोस्