सुनको मूल्य हालसम्मै उच्च, कतिमा हुदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ ।
बुधबार दुई लाख ४८ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला दुई हजार रूपैयाँले बढेर दुई लाख ५० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ३५ रूपैयाँले बढेको छ ।
बुधबार तीन हजार दुई ४० रूपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार तीन हजार दुई सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२ ११:४७
प्रतिक्रिया दिनुहोस्