NRN
राप्रपाको आजको कार्यसम्पादन समिति बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज बस्ने कार्यसम्पादन समिति बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने भएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमा असहमति जनाउँदै महामन्त्री डा. धवलशम्शेर राणा पक्षधर नेताहरू बैठकमा नजाने भएका हुन् ।

राणाले अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र पठाएर बैठकमा नआउने जानकारी गराएका छन् । अध्यक्षलाई सच्चिनका लागि दबाब दिन आफूहरूले यो निर्णय लिएको उनले बताए ।

पार्टीका वरिष्ठ नेताहरू पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी पनि बैठकमा नजाने संस्थापन इतर पक्षको दाबी छ ।

संस्थापन पक्षधरले घोषितरुपमा पार्टीको बैठक बहिष्कार गरेको यो सम्भवतः पहिलोपटक हो ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update