बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुन बुधबार थप बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको सुन बुधबार प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४ सय बढेको हो ।
यस्तै, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ ।
मंगलबार प्रतितोला ३ हजार ३२५ रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर बुधबार प्रतितोला ३ हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०८२ ११:५२
प्रतिक्रिया दिनुहोस्