NRN
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५० पैसा र बिक्रीदर ९१ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७९ पैसा र बिक्रीदर १०१ रुपैयाँ २२ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

बहराइन दिनार एकको खरिददर ३७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८०  पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update