
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ ।
सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १९ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।
बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।