राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरबाट राष्ट्रपति पौडेल आइतबार डिस्चार्ज भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
शनिबार बिहान टाउको दुख्ने र वान्ता हुने भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना भएका थिए ।
राष्ट्रपति निवास शीतल निवासमा जेन जी प्रतिनिधिहरूसँग वार्ता गर्ने तय भएको थियो । तर स्वास्थ्यका कारण सो वार्ता सोमबारका लागि सारिएको छ ।
राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शनिवार जेनजीका प्रतिनिधिले शीतल निवास अगाडि नाराबाजी समेत गरेका थिए ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०८२ १२:२४
प्रतिक्रिया दिनुहोस्