आइतबार सुन–चाँदीको मूल्य स्थिर

नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।
शनिबार प्रतितोला ३८ हजार रूपैयाँमा कारोबार भएको सुन आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि स्थिर छ ।
शनिबार प्रतितोला तीन हजार एक सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०८२ ११:३१
प्रतिक्रिया दिनुहोस्