NRN
आइतबार बढ्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला दुई लाख २२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आइतबार दुई लाख २३ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँले बढेको महासंघले जनाएको छ । 

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि प्रतितोला ७० रूपैयाँले बढेको छ ।

शुक्रबार  प्रतितोला २७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार २८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update