NRN
बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १२ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख २१ हजार ३०० रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५५ रूपैयाँले बढेको छ ।

बिहीबार २६ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार  प्रतितोला २७ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update