प्रधानमन्त्री कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले पहिलोपटक सम्बोधन गर्न लागेकी हुन् ।
जेनजी विद्रोहका बलमा गठित अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।
सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
उनी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनमा निर्वाचन घोषणा गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२ १२:४७
प्रतिक्रिया दिनुहोस्