एकैदिन १७ सयले घट्यो सुनको मूल्य, तोलाको कति ?

स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
बुधबार प्रतितोला दुई लाख २३ हजार रूपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला दुई लाख २१ हजार तीन रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार सात सय रूपैयाँले घटेको हो ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले बढेको छ । बुधबार २७ सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला २६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२ ११:५१
प्रतिक्रिया दिनुहोस्