NRN
एकैदिन ३९ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार दुई लाख १७ हजार ८ सय रूपैयाँमा कारोबार सुन मंगलबार दुई लाख २१ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला तीन हजार नौ सय रूपैयाँले बढेको महासंघले जनाएको छ । 

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ३० रूपैयाँले बढेको छ । 

सोमबार प्रतितोला २६ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार २६ सय ८० रूपैयाँ पुगेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update