NRN
एक घण्टा पछि सर्‍यो नवनियुक्त ४ जना मन्त्रीहरूको शपथ

अन्तरिम सरकारी नवनियुक्र मन्त्रीहरूको शपथको समय एक घण्टा सरेको छ ।

अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजेका लागि तय भएको थियो । उक्त कार्यक्रम ३ बजेसम्मका लागि सरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो । 

कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । हाल सरकारमा तीन जना मात्र मन्त्रीहरू छन् ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update