शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहलमा

शिक्षा मन्त्रालयलाई लैनचौरस्थित केशरमहलमा सारिएको छ ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि प्रयोग गर्न अयोग्य भएपछी उक्त मन्त्रालयले अस्थायी रूपमा लैनचौरस्थित केशरमहलबाट सेवा प्रवाह थालेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा वैज्ञानिक महाविर पुन सिफारिस भएका छन् । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोह कार्यक्रम आज दिउँसो २ बजे शीतल निवासमा निर्धारण गरिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई शिक्षा मन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति: सोमबार, असोज ६, २०८२ १२:२९
प्रतिक्रिया दिनुहोस्