
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाविधेशनका बारेमा केन्द्रीय समिति र विस्तारित बैठकमा छलफल गर्ने भएको छ ।
बिहीबार बसेको पार्टी सचिवालयको बैठकले आगामी असोज ७ गते केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकमा पार्टीको कार्यदिशासम्बन्धी बृहत प्रस्ताव पेश हुनेछ । केन्द्रीय समितिले पारित गरेको प्रस्तावलाई छलफलका लागि विस्तारित बैठकमा पेश गरिने भएको छ । विस्तारित बैठकको मिति केन्द्रीय समितिले निर्धारण गर्ने भएको छ ।
रास्वपाले पहिलो महाधिवशेनका लागि आगामी ७ देखि ९ सम्मको समयावधि तोकेको थियो । फागुन २१ मा निर्वाचन हुने भएको हुँदा त्यस समयमा महाधिवेशन नहुने भएको छ ।
बिहीबार बसेको रास्वपाको सचिवालय बैठकले विध्वंस, लुटपाट र तोडफोड रास्वपाको राजनीतिक संस्कृति नभएको स्पष्ट पारेको छ ।
जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थामा समाज विभाजित हुन नदिन ‘सद्भाव तथा सहकार्य अभियान’ प्रारम्भ गर्ने सचिवालयले निर्णय गरेको छ ।