बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख १६ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै, बिहीबार प्रतितोला २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलाको २ हजार ५ सय ८० कायम भएको महासङ्घको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२ ११:३१
प्रतिक्रिया दिनुहोस्