NRN
नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड 

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

सोमबार प्रतितोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको सुन मंगलबार प्रतितोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको हो । 

यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ९०० रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो । 

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार प्रतितोलामा २ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update